• आश्विन १३ २०८१, आईतवार

मोटोपन लुकाउन यसरी पहिरन लगाउनुहोस्

फाल्गुन १८ २०८०, शुक्रबार

अधिकांश व्यक्तिको स्वस्थ, सुन्दर तथा जवान देखिने चाहना हुन्छ । व्यस्त जीवनशैलीका कारण अधिकांश व्यक्तिलाई आफ्नो फिटनेसका बारेमा ध्यान दिने फुर्सद नै हुँदैन । अझ महिलाहरुमा त यी मोटोपन समस्या नै बनेको छ ।

यस्तो बेलामा तपाईंले लगाउने पहिरनले तपाईंको मोटोपन लुकाउन सहयोग पुर्‍याउँछ ।

लुगालाई मिलाएर लगाउन जानियो भने मोटोपनलाई पनि लुकाउन सकिन्छ।  लो वेस्ट अथवा कम्मर मुनीको भागमा लगाउने पाइन्ट लगाउँदा पेट बाहिर निस्किन्छ र व्यक्ति झन् मोटो देखिन्छ । आजकल हाइवेस्ट लेगिङ्ग्स र जेगिङ्ग्सको चलन आएको छ । जुन मोटोपन भएकाहरुको लागि फाइदाको पक्ष हो । यदि हाइ वेस्ट लगाउने हो भने पेट सबै कपडा भित्र बस्छ र टप्स बाहिरबाट पेट देखिंदैन ।

त्यस्तै , पेट लुकाउनको लागि ए लाइन टप्स लगाउनुपर्छ, जसमा छातीको भाग ठिक्कको र तलको भाग फुकेको हुन्छ । यदि स्कर्ट लगाउने चाहना छ भने स्कटलाई नाभी देखि माथी लगाउने र टप्स स्कर्ट भित्र पार्ने गर्नुपर्छ ।