• मंसिर १२ २०८१, बुधबार

नेदरल्यान्ड्ससँग नामिबिया ५९ रनले पराजित

फाल्गुन १७ २०८०, बिहीबार

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको छ ।

टियु क्रीकेट मैदानमा टस जित्दै पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको थियो ।

नेदरल्यान्ड्सले दिएको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर १ सय ८८ रन मात्रै बनाउन सक्यो । शुरुवाती खेलमा खराब प्रदर्शन गरेपनि अन्तिम समयमा रन रेट बढाए पनि नेदरल्यान्ड्सको लक्ष्यलाई भेट्टाउन मुस्किकल पर्यो ।