• मंसिर १४ २०८१, शुक्रबार

‘कोशी प्रदेश’ नामाकरणको कालो दिन भन्दै विरोध प्रदर्शन

फाल्गुन १७ २०८०, बिहीबार

काठमाडौँ । कोशी प्रदेश नामकरणको एक वर्ष पुगेको छ तर पचिाहवादीहरुले यसको विरोध गरिरहेका छन् । र सो प्रदेशको पुनः नामाङ्कनको माग गर्दै आइरहेका छन् ।

०७९ सालको फागुन १६ गते कोशी प्रदेशसभाको बैठकले विवादकाबीच प्रदेश १ को नाम कोशी प्रदेश राख्ने निणर्य गरेको थियो । एक वर्ष पुगेकै अवसरमा बिहीबार प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले राजधानीमा कालो दिन मनाएको छ ।

काठमाडौँ उपत्यकामा बसोबास गर्ने पहिचान पक्षधर कोशी प्रदेशबासीहरुले तिनकुनेमा कोशी नाम खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले फागुन १६ लाई कालोदिनको रुपमा लिँदै प्रदर्शन गरेका हुन् ।
सो क्रममा उनीहरुले कोशी नामकरण खारेजीको माग लेखिएका विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।