• मंसिर १४ २०८१, शुक्रबार

मिटरव्याजपीडितको मागप्रति सरकार सकारात्मक देखिएन : अध्यक्ष कुसवाह

फाल्गुन १५ २०८०, मंगलवार

काठमाडौं । न्यायको लागि मार्च गर्दै काठमाडौं आएका मिटरव्याज पीडितले ६ बुँदे मागका बारेमा सरकारलाई जानकारी गराएका छन् ।

मंगलबार गृहमन्त्रालयमा भएको वार्ताका क्रममा मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिले आफ्ना मागका बारेमा सरकारी वार्ता टोलीलाई जानकारी गराएको हो ।

आफूहरूको मागका बारेमा जानकारी गराए पनि सरकार सकारात्मक नदेखिएको मिटरब्याज तथा ठगीविरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए ।

उनले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानलाई नि:शुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायत माग गरेको बताए ।

उनले अब सरकारसँग वार्ताका साथै आन्दोलन पनि निरन्तर चल्ने जानकारी दिए । गृह मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिलाई पत्र लेखेर वार्तामा बोलाएको थियो ।