• आश्विन १३ २०८१, आईतवार

नियमित माछा खानुका फाइदा यस्ता छन्

फाल्गुन १५ २०८०, मंगलवार

माछा र माछाबाट बनेका खानेकुरा बढी खाने मानिसहरुमा मस्तिष्कको तेज विकास गर्न सकिन्छ ।

मासु जस्तै तपाईंले माछाका पनि विभिन्न परिकार बनाउन सक्नुहुन्छ जस्तै सुप, सलाद, करी, बिर्यानी, फ्राइ, ग्रिल, बोइल, स्टिम, फिस टिक्का, फिस पास्ता, झिंगे माछा पिज्जा, फिस चिल्ली, फिस या प्राउन चाउमिन, फिस सिजलर, आदि। माछा एक स्वादिस्ट, छिटो पाक्ने, सजिलो तरिकाबाट पकाउन मिल्ने, छिटो पच्ने र शरीरलाई चाहिने सम्पूर्ण तत्वहरु पाइने खाना मानिन्छ।

माछा खानुका फाइदा :

–नियमित माछा खनाले दिमाग सधैं तेज रहने गर्छ।
–मुटु सम्बधी रोग लाग्नबाट बच्चाउँछ।
–माछाले डिप्रेसन हुनबाट बच्चाउँछ।
–माछामा प्रशस्त भिटामिन डी पाइने हुँदा क्याल्सियमका कारणले शरीरका हड्डी मजबुत बनाउँछ।
–आँखाको भिजन बढाउनुको साथै आँखालाई सधैं स्वस्थ्य राख्छ।

–माछा खाने गर्नाले निद्रा अत्यन्त राम्रो हुँदै जान्छ जसले गर्दा तनावमा भए नि मस्तिष्कले आराम पाउँछ।
–माछा या माछाको फूल खानाले छालासम्बन्धी सम्पूर्ण रोग निगाहा हुन्छ र डन्डीफोर आउने डर हुन्न।
–शरीरमा कोलेस्टेरोल घटाउन मद्दत गर्छ।
–हार्टयाट्याक हुनबाट बचाउन सहयोग गर्छ।
–क्यान्सर हुनबाट बच्चाउँछ।

–शरीरिक वजन घटाउन पनि नियमित माछा खनाले धेरै हदसम्म मद्दत गरेको हुन्छ।
–उच्च रक्तचापलाई नियन्त्रन गर्न पनि माछा खनाले धेरै मद्दत गरेको हुन्छ।
–कलेजोमा लाग्ने विभिन्न रोगबाट बचाउन पनि सहयोग पुर्‍याएको हुन्छ।
–यदि तपाईं कुनै कारण बेड रेस्टमा हुनुहुन्छ भने नियमित माछा खनाले छिट्टै रिकभर हुन्छ।

–यदि तपाईं सधैं निरास देखिनु हुन्छ भने नियमित माछा खाने गर्नाले त्यतिकै खुसी हुने परिवर्तन आउन थाल्छ।
–नियमित माछा खनाले बच्चामा लाग्ने सामान्य रोगबाट बच्न सकिन्छ।
–नियमित माछा खाने मान्छेलाई छिटो बुढो पनि देखिन्न।
–माछा खाँदा जिउ भारी नहुने हुँदा दिउँसोभर शरीर चंगा हुन्छ र काममा मन धेरै जान्छ।