• मंसिर १३ २०८१, बिहीबार

किसानले पाउनु पर्ने दूधको भुक्तानी तत्काल दिलाउन प्र.मको निर्देशन

फाल्गुन १४ २०८०, सोमबार

काठमाडौं । सरकार मातहतको दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत किसानहरूलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा.प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई बोलाएर दूग्ध किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानहरूले पाउनुपर्ने भुक्तानी तुरून्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।

‘किसानहरूले महिनौंसम्म दूधको भुक्तानी नपाउनुको कारण के हो ? यसलाई गम्भीरतापूर्वक लिनुस् । निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस्’ प्रधानमन्त्री दाहालले भने ।