• बैशाख २३ २०८१, आईतवार

चर्चित गजल गायक पंकज उधासको निधन

फाल्गुन १४ २०८०, सोमबार

मुम्बई । भारतीय चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् ।

गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिठी आयी’ बाट निकै चर्चा पाएका थिए ।
पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छा थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरमा बस्दै आएको थियो ।

उनका हजुरबुबा एक जमिन्दार र भावनगर राज्यका दीवान पनि थिए । उनका बुबा केशुभाई उधास सरकारी कर्मचारी थिए । उनकी आमा जितुबेन उधासलाई गीतको निकै मन थियो । यही कारण पंकज उधास र उनका दुई दाजुभाइको सधै संगीतप्रति झुकाव थियो ।