• मंसिर १४ २०८१, शुक्रबार

नाराबाजी गर्दै संसदभवन भित्रै छिरेका ४९ जना मिटरब्याजपीडित पक्राउ

फाल्गुन १४ २०८०, सोमबार

काठमाडौँ । प्रहरीले ४९ जना मटिरब्याज पीडितलाई पक्राउ गरेको छ । निषेधित क्षेत्र तोडेर बानेश्वरस्थित संसद भवनमा प्रवेश गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

संसद भवनमा प्रवेश गरेको आरोपमा ४८ जना महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए ।

निषेधित क्षेत्र तोड्न खोज्नेहरु लघुवित्त प्रभावित हुन् । उनीहरुलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।