• मंसिर १४ २०८१, शुक्रबार

मिटरब्याजपीडितले वार्ताका लागि बनाए वार्ता टोली

फाल्गुन १३ २०८०, आईतवार

काठमाडौँ । मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन भएको छ ।

आजैबाट सरकार पक्ष र संघर्ष समितिबिच औपचारिक वार्ता सुरु भएको छ । यसअघि सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको थियो । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो ।

गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । र आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो ।