• मंसिर १४ २०८१, शुक्रबार

इलाम- २ र बझाङ- १ को ‘क’ मा वैशाख १५ गते उपनिर्वाचन

फाल्गुन १३ २०८०, आईतवार

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ मा दुई ठाउँको उपनिर्वाचन गर्ने भएको छ । आयोगको फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा इलाम- २ (प्रतिनिधि सभा) र बजाङ १ को क (प्रदेश सभा)को निर्वाचन तोकेको हो ।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ क को प्रदेश सभा निर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएको थियो ।

प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।