काठमाडौ । सुनको मूल्य आइतबार थोरै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
आइतबार छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार चाँदी पनि आज प्रतितोला ५ रुपैयाँले महंगो भएको छ । योसँगै चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
गत शुक्रबार छापावाल सुन १ लाख १८ हजार, तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० र चाँदी १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।