काठमाडौं । दुई पाङ्ग्रे सवारी चालकहरूको संस्था राइडर एसोसियन नेपालको अध्यक्षमा एन्ड्रिज लामा चयन भएका छन् । शनिबार तीनकुनेमा भएको विशेष भेलाले तदर्थ समिति गठन गरेको हो ।
पठाओ, इन्ड्राइभ लगायत राइड शेयरिङ सेवामा आवद्ध चालकहरू संगठित भएका हुन् । संगठनको उपाध्यक्षमा कृष्णराज पाण्डे, सचिवमा सागर थापा, सहसचिवमा रुथ सुब्बा, कोषाध्यक्षमा अजय स्याङ्यान लामा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा कर्णबहादुर श्रेष्ठ, प्रदीप थापा, दीपक खड्की र सम्पूर्ण श्रेष्ठ चयन भएका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्ने काम भएकाले शनिबार तदर्थ समिति गठबन गरिएको सचिव थापाले जानकारी दिए ।