• मंसिर ११ २०८१, मंगलवार

देविराम रानामगर र शान्तिश्रीको स्वरमा सजिएको ‘पानी गंगाको’ गीतले पायो चर्चा (भिडियाेसहित)

फाल्गुन १२ २०८०, शनिबार

‘पानी गंगाको, भेटघाटै रमाइलो मायासँगको’
काठमाडौं । यतिबेला रोल्पाली कलाकार देविराम रानामगरको पछिल्लो नेपाली लोकदोहोरी गीतले बजारमा चर्चा पाएको छ । रोल्पा राजनीतिको केन्द्र मात्रै होइन, यो कलाकारिता क्षेत्रमा पनि त्यत्तिकै परिचित जिल्ला हो ।

देविराम रानामगर अफियसियल च्यानलबाट २ दिनअघि मात्रै युटुबमा राखिएको सो गीत ३८ हजार भन्दा बढी दर्शक तथा श्रोताले हेरिसकेका छन् । गीत मौलिक छ, गीतमा प्रस्तुत गरिएको सामूहिक नृत्यपनि ग्रामिण परिवेशमा छायाङ्कन गरिएको छ । जसले मनोरञ्जन क्षेत्रमा रमाउने दर्शक तथा श्रोताहरुलाई रोञ्चक बनाउँछ ।

विदेशी प्रभावमा परेर भित्रिएका र्याप, पप र हिन्दी गीतहरुले नेपाली संगीतको बजार विकृत बनाइरहेको र नेपालमै पनि लोकगीत संगीतको क्षेत्रमा मौलिकताको खडेरी पर्दै गएको र ‘आजभोलिका गीतहरु शहरका कोठामा बसेर बनाइएका’ भनेर चर्चा भइरहेको बेलामा चर्चित गायक देविराम रानामगरको यो मौलिक लोकलयमा सजिएको गीत ‘पानी गंगाको’ सुनेर दर्शक तथा श्रोताले छुट्टै स्वाद लिएका छन् । गीतमा माया र प्रेमको भाव छचल्किएको छ ।

सूर्यकुमार परियारको शब्द रहेको यो गीतमा गायक देविराम र गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ ।
यो गीतलाई कृष्ण विक ‘भाञ्जा’ले एरेन्ज गरेका हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ भने श्यामश्वेत रसाइलीले गरेका हुन् ।

प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट गोविन्द अनेक र कमल थापा हुन् । खड्गबहादुर पुनमगर (खबपु)ले निर्देशन गरेको यो गीतको म्यूजिक भिडियोमा देविराम रानामगर र ममता रानामगरले अभिनय गरेका छन् । अजय रेग्मीको टिमले छायाङ्कन गरेको भिडियोलाई दीपक पुनमगरले सम्पादन र विष्णु तिमल्सिनाले कलरिङ गरेका हुन् ।