फागुन १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा मधेशलाई विशेष व्यवस्था गरिने बताएका छन् ।
धनुषाको सबैला नगरपालिका वडा नं ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ चिकना जोड्ने पक्की पुलको शनिबार शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले अबको नीति तथा कार्यक्रम एवम् बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाए ।
आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले तराईमा सिँचाइ, मल, बिऊको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने कार्यमा लग्ने बतए ।
नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्नका लागि ठुला आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै उनले बुढीगण्डकी एवम् कणर्ाली चिसापानीजस्ता गेम चेन्जर आयोजनालाई अगाडि बढाइने उल्लेख गए ।
‘मधेशको विकासबिना देशको विकास सम्भव छैन, मधेशको मुक्तिबिना देशको मुक्ति सम्भव छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘मधेशी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन ।’ मधेश, पहाड र हिमालको एकताका लागि आफूले सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले मधेशी जनताको मत लिएर सङ्घीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकोमा गर्व छ भन्नुभयो ।
उनले भने, “मधेश, पहाड र हिमालको एकतालाई सुदृढ गर्नका लागि सबैको पहिचान र अधिकारका लागि लडेको नाताले एकता कायम गर्न मेरो जिम्मेवारी छ ।’ ४० वर्ष अगाडि भूमिगत कालमा आफू यस क्षेत्रमा आएको स्मरण गर्दै उनले सबैला, वस्तीपुर लगायतका क्षेत्रका जनतासँग आफ्नो नजिकको सम्बन्ध रहेको उल्लेख गरे ।
सिराहा र धनुषाका लागि पुल निर्माण महत्वपूणर् हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने बताए ।