• मंसिर ६ २०८१, बिहीबार

बसाइसराइले कस्तो अवस्था निम्त्याउला ?

फाल्गुन १२ २०८०, शनिबार

मानिस स्थायी एवं अस्थायी रूपमा एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्दछन् । अक्सर आवागमन लामो दूरीको हुने गर्दछ । ती आफ्नो देशबाट अर्कोदेशसम्म मात्र हैन, बरू आन्तरिक बसाइसराइ पनि गर्दछन् किनकि धेरैजसो मानिस आफ्नै देशमा बस्न मन पराउँछन् ।

मानवीय बसाइसराइ पूरै विश्वमा एक समान पाइन्छ । बसाइसराइ व्यक्तिको रूपमा परिवार विसाल समूहको रूपमा हुने गर्दछ । घरेलु बसाइसराइ अथवा आन्तरिक बसाइसराइ अर्थात् देशभित्रका मानिस एकठाउँबाट अर्को ठाउँमा बसाइ सर्नुलाई भनिन्छ । अन्तराष्ट्रिय बसाइसराइ मानिसहरू एक एक देशबाट अर्को देशमा आवतजावतलाई भनिन्छ ।

घुमन्ते मानिसलाई मानवीय बसाइसराइ भनिन्छ किनकि यिनीहरू एक ठाउँमा स्थायी बसोवास गर्ने उद्देश्य राख्दैनन् । यी मानिसहरू मौसम अनुसार एक ठाउँबाट अर्को ठाउँ जान्छन् । हाम्रो आफ्नो परिवेशमा हिमाली भेगका वासिन्दा जाडो छल्न तराइतिर झर्नुलाई उदाहरण मान्न सकिन्छ ।

अल्पकालिन बसाइसराइजस्तो यात्रा, पर्यटन, तीर्थ जानुलाई बसाइसराइमा सम्मिलित गरिदैन । जो मानिस नयाँ क्षेत्रहरू बसाइसराइ गर्दछन्, तिनलाई प्रवचक भनिन्छ । सन् २०११ को विश्व बैंकको बसाइसराइ सम्बन्धी प्रतिवेदन अनुसार २१.५ करोड मानिस अर्थात विश्वका ३ प्रतिशत जनसंख्या आफ्नो जन्मस्थानको देशभन्दा बाहिर बस्ने गरेका छन् ।

मानवीय बसाइसराइका मुख्य दुई कारण मानिन्छ : जस अनुसार पुशफ्याक्टर (धक्काका कारक) तथा पुल फ्याक्टर (तान्ने कारक) । पुश फ्याक्टर (घचेटने कारक) ले मानिसलाई आफ्नो थातथलोबाट बसाइसराइ गर्न बाध्य गराउँछ ।

यसका कारक विभिन्न छन्, जस्तै बेरोजगारी, न्यून निजी अवसर, प्राकृतिक असन्तुलन, बाढी, पहिरो, खडेरी आदि राजनीतिक प्रभाव तथा भय हाम्रो आफ्नो परिवेशमा दश वर्षे जनयुद्ध तथा मधेश आन्दोलन एवं सशस्त्र समूहको गतिविधिका कारण भएको विस्थापनलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ ।

प्राकृतिक तथा मानव निर्मित कारकहरूले बसाइसराइलाई गति दिनपुग्छन् । भेदभाव, प्रदूषण, शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत सामाजिक सेवाहरू उपलब्ध सहज रूपमा नहुनु यसका प्रत्यक्ष उदाहरणहरू हुन् ।

पुल फ्याक्टर आफ्नो देशबाहेक अन्य देशतिर आकर्षित हुने बसाइसराइ प्रक्रिया अन्तरगत पर्दछ । यसको मुख्य आकर्षण भनेको रोजगारीको अवसर, सुखी र खुसी जीवनको खोजी हो । यस अतिरिक्त राम्रो शिक्षा, राम्रो चिकित्सा सेवा, हेरचाह, सुरक्षा, उच्च र राम्रो जीवनस्तर, उद्योग कलकारखाना, परिवार तथा आफन्तसँग सम्पर्क आदिको सहजता पनि हो ।

आज हाम्रो आफ्नो सन्दर्भमा विगतको द्वन्द्वका कारण आफ्नो थातथलोमा सुरक्षित जीवनयापत, जीविकोपार्जन एवं आधारभूत सामाजिक सेवा सुविधाबाट बञ्चित व्यक्ति तथा समुदाय आफ्नो गच्छे र सिपअनुसार वैदेशिक रोजगारी उन्मुख हुन पुगेको ठूलो सङ्ख्या तथा वैदेशिक अध्ययनका लागि विकसित मुलुक जानेको संख्या अनि डी.भी., पी.आर.जस्ता सुविधा उपभोग गर्न चाहनेको सङ्ख्यामा एक्कासी भएको बृद्धिले यसलाई पुष्टि गर्दछ ।

घचेट्ने र आकर्षित गर्ने कारक ती कारक हुन् जसले मानिसलाई बसाइसराइ हुन कि विस्थापित वा आफूतिर आकर्षित गर्दछ । यी दुवै कारकहरू चम्बकको उत्तरी र दक्षिणी दिशाजस्ता मानिन्छन् । यदि यी दुवै दिशालाई आमुन्ने सामुन्ने राखिदियो भने आपसमा टाँसिन्छन् र समान दिशामा राख्यो भने एक अर्काबाट टाढिन्छन् ।

बसाइ सराइका कारण हरप्रकारका जाति बीचमा मिलाप हुनेछ । समुदायमा एकता बढ्नेछ । विश्वमा बहुसांस्कृतिक जनस्ख्याको विस्तार हुनेछ । तथापि अलग जाति र संस्कृतिको मिश्रणले भेदभाव बढ्न थाल्नेछ । यसले सामाजिक सन्तुलन बिग्रने जोखिम बढेर जानेछ ।
अमेरिकामा बेला बेलमा देखिने गोरा, काला, एसियन, अमेरिकन बीचको द्वन्द्वलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । यसले अपराधको सङ्ख्यामा बृद्धि गर्ने छ । तर मानवीय बसाइ सराइको फाइदा यो पनि छ कि सांस्कृतिक साटासाटले एउटा नयाँ अनुभव अनि ज्ञान प्राप्त हुने गर्दछ ।

प्रवासीहरू नयाँ कौशल, सिप र प्रविधि तथा आर्थिक श्रोतसहित फर्केमा आफ्नो देशको विकासमा सहयोगी हुन सक्छ । यस सन्दर्भमा हाम्रो आफ्नो परिवेशमा गैरआवासीय नेपालीहरूले पूर्वाधार, बैंक एव वित्तिय, शिक्षा, स्वास्थ्य, जलविद्युत क्षेत्रमा गरेको लगानीलाई प्रत्यक्ष उदाहरण मान्न सकिन्छ । भनिन्छ, प्रत्येक सिक्काका दुई पाटा हुन्छन् । यसमा बसाइसराइ पनि अछुतो छैन ।

प्रत्येक व्यवसायिक, औद्योगिक सहर वरिपरि झोपडपट्टी, स्लम एरिया अनि विस्थापित सुकुम्बासी वस्ती बसेका हुन्छन् । यो विश्वव्यापी नै छ । यसले दक्ष अनि अदक्ष श्रमशक्ति आपूर्ति गर्न मद्दत गरिरहेको छ ।

समाजशास्त्रले भन्दछ कि मानव अधिकारको प्रस्थान विन्दू भनेको सुरक्षित थातथलो, रोजगारी अनि सामुदायिक आधारभूत सेवाको पूर्ण प्रत्याभूति हो । खै हाम्रोजस्तो परिस्थितिमा यसै भन्न सकिन्न । किनभने हुनेखानेलाई दिल्ली, सिङ्गापुर पानी पधेँरो छ । नहुनेलाई पशुपति आर्यघाटको त के कुरा नजिकको सुकेको घाट पनि पाउन कठीन छ ।

(डा. केदार कार्कीको विश्लेषण)