• मंसिर १४ २०८१, शुक्रबार

माओवादी केन्द्रले उठायाे संसदका महासचिव पाण्डेयको तीनवटा नागरिकताको विषय

फाल्गुन ११ २०८०, शुक्रबार

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयको तीनवटा नागरिकताको विषय उठाएको छ ।

बैठकमा बोल्दै माओवादी सांसद माधव सापकोटाले सो विषय उठान गरेका हुन् ।

“म भन्न चाहन्छु, प्रतिपक्षका साथीहरूलाई संसद्का महासचिवको तीन नागरिकता र दुई वटा राहदानीको कुरा तपाईंहरूले उठाएको कुरामा थप्नुहोस् न,” उनले भने, “संसदमा हाम्रो महासचिवको तीन वटा नागरिकता छ दुई वटा पार्सपोर्ट छ ।, तपाईंहरूले त्यो थप्नुहुन्न ।”