• फाल्गुन २४ २०८२, आईतवार

प्रधानमन्त्रीद्वारा त्रिविको उपकुलपतिमा डा.बराल नियुक्त, को हुन् डा.बराल ?

फाल्गुन १० २०८०, बिहीबार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा.केशरजङ्ग बराल नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजङ्ग बराल र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो ।

दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएका थिए । प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । तीमध्येबाट प्रधानमन्त्रीको रोजाइमा बराल परेका हुन ।

सिफारिस समितिले भने बुढाथोकीलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । पाल्पा कुवाडीका ६५ वर्षीय बराल यसअघि २०६४ सालमा पोखरा विश्वविद्यालयका उपकुलपति भएका थिए । त्यसबेला सम्बन्धन दिने क्रममा अनियमितताको आरोप उनीमाथि लागेको थियो । तर, उनले अदालतबाट सफाइ पाएका थिए ।

बरालले त्रिविबाट व्यवस्थापनमा स्नातकोत्तर र दिल्ली विश्वविद्यालयबाट पीएचडी गरेका छन् । बरालले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट उपप्राध्यापकबाट अध्यापन सुरु गरेका थिए ।

उनी अर्थशास्त्रको प्राध्यापक हुन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत उनले पाएका छन । महेन्द्र विद्याभूषण पदक र राष्ट्रिय शिक्षा पुरस्कार पनि उनले पाएका छन ।