• मंसिर १४ २०८१, शुक्रबार

पंजाबको मण्डिगोविन्दगढमा प्रगतिशील नेपाली समाजको जिल्ला समिति पुनर्गठन

फाल्गुन ८ २०८०, मंगलवार

गोवा । प्रगतिशिल नेपाली समाज समिति भारतले संगठन विस्तारमा तिब्रता दिएको छ । यही फेब्रुअरी तारिक १८ तारिखका दिन नेपाल समाज समाजवादी पार्टी निकट, प्रगतिशील नेपाली समाज समिति भारतको पंजाब राज्य अन्तरगत मण्डिगोविन्दगढ जिल्ला समिति पुनगर्ठन गरिएको हो ।

नेपाल समाज समाजवादीका केन्द्रीय सदस्य तथा प्रगतिशील नेपाली समाज समिति केन्द्रिय उपाध्यक्ष प्रेम घतानेको विषेश उपस्थितिमा केन्द्रिय सदस्य शंकर लुहार र राज्य समितिका सदस्य प्रेमको पहलकदमिमा भएको आजको संगठन बिस्तारमा केन्द्रिय सदस्य मनिलाल रसाइलीको उपस्थित रहेको थियो ।

सो अवसरमा सुरेश कुमारको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति गठन भएको छ । जसमा इन्चार्ज, पदमसिंह ओड, सहइन्चार्ज प्रेम कोली, अध्यक्ष सुरेश कुमार, उपाध्यक्ष करणसिंह दमाइ, सचिव शम्भु बहादुर, उपसचिव गणेश कुमार

कोषाअध्यक्ष, विष्णु खत्री, सहकोषाअध्यक्ष, रोहित कुमार, सदस्यहरुमा नारायण शर्मा, प्रकाश परियार, भोज, कृष्णा देवी, डम्मवरी लोहार रहेका छन् ।