• मंसिर १४ २०८१, शुक्रबार

याे सरकारको काम एमालेको बद्नाम गर्नु मात्रै हो : केपी ओली

फाल्गुन ८ २०८०, मंगलवार

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनको एकमात्र एजेण्डा एमालेको विरोध र बदनाम गर्नेमात्र रहेको टिप्पणी गरेका छन् । साथै उनले गठबन्धन पूणर्त असफल भएको दाबी समेत गरेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले गत निर्वाचनपछि गठबन्धनको चरित्र बदल्न एमालेले पहल गरेपनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इमानमा अड्न नसक्दा एमालेसँगको गठबन्धन भत्कन पुगेको बताए ।

‘गठबन्धन राष्ट्रियताप्रति कमजोर, सुशासनप्रति कमजोर छ । विकासप्रति चासो छैन । चालु आयोजना बन्द छन् । अहिलेको गठबन्धनको उद्देश्य एमालेको विरोध हो । एमालेलाई बदनाम गराउने एउटामात्रै गठबन्धनको एजेण्डा हो’, ओलीले भने, ‘जनतामा निराशा छ । नागरिकहरु विदेश पलायन भएका छन् ।’

‘गठबन्धनको क्षमता नहुनु एउटा कुरा हो । तर जानीबुझी अर्को अपराध एमालेलाई होचो देखाएर जालीझेली प्रचार चलाए’, उनले एमालेलाई कमजोर बनाउन खोज्दा अनेक खालका शक्ति सलबलाउन थालेको भन्दै देशका लागि यो शुभसंकेत नहुने पनि बताए ।

‘यस गठबन्धनले भित्रभित्र साम्प्रदायिक विद्वेष र पहिचानका नाममा अराजकता मच्चाएका छन् । मुख्यमन्त्री आफैले भनेका छन्’, ओलीको भनाइ छ ।