• आश्विन १३ २०८१, आईतवार

अल्जाइमर अर्थात बिर्सने रोगबारे जान्नै पर्ने केही कुरा

फाल्गुन ८ २०८०, मंगलवार

एक प्रकारको बिर्सने वा भुल्ने रोगलाई अल्जाइमर भनिन्छ यसलाई डिमेन्सियाकै प्रकार पनि भन्न सकिन्छ । यो रोगका कारण स्मरण शक्ति ह्रास हुने, व्यक्तिको सोच्न सक्ने क्षमताका कमी आउनेसहितका समस्या देखिन्छ । विश्वमा हरेक तीनमा दुईजनामा अल्जाइमर सहितका डिमेन्सियाका बारेमा केही जानकारी रहेको पाइएको छ तर यस बारेमा रहेको गलत धारणका कारण समस्या उच्च रहेको विज्ञले जनाएका छन् ।

एक अध्ययन अनुसार विश्वमा हरेक तीन सेकेण्डमा एक व्यक्तिमा कुनै प्रकारको डिमेन्सियाको अनुभाव गर्ने गरेका छन् ।

चिन्ता कम गर्नका लागि खाइने औषधि, सुताइमा हुने अनियमितता, टाउकोमा लाग्ने चोट, एक्लोपन, टाइप थ्री डाइबिटिजका कारण पनि अल्जाइमर हुने सम्भावना रहन्छ । यो रोग निको हुने गरी अहिलेसम्म औषधि बनेको छैन।

तर सन् १९९८ यता औषधि बनाउने १०० भन्दा धेरै प्रयास भएका छन् । तर चारवटा मात्रै प्रयोगका लागि प्रमाणिकरण भएका छन् र ती पनि पूर्णरुपले निको पार्ने औषधि भने होइन् । विश्वमा अहिले चार करोड ७० लाख भन्दा बढी मानिस डिमेन्सियासहितका रोगबाट प्रभावित छन् ।

अल्जाइमरको सुरुवाति चरणमा व्यक्तिको व्यवहार र व्यक्तित्वमा परिवर्तन आउने, राखेको सामान बिर्सने वा हराउने, वित्तिय कारोबार गर्न कठिनाई हुने, दैनिक कार्यमा असजिलो हुने हुन्छ ।

यस्तै झट्ट रिसाउने, अस्वाभाविक व्यवहार देखिने, धेरै कुरा बिर्सने, नयाँ कुरा सिक्न र नयाँ वातावरणमा घुलमिल हुन नसक्नेसहितका लक्षण देखिन्छ ।

अल्जाइमरसहितका रोगबारे रहेको गलत धारणा हटाउनु र परमार्श तथा यस्ता व्यक्तिलाई दिइने मानसिक साथ नै प्रमुख कुरा रहेको विज्ञले जनाउने गरेका छन् ।- एजेन्सी