• आश्विन १३ २०८१, आईतवार

लौकाको जुस पिउनुस्, यस्ता छन् फाइदा

फाल्गुन ८ २०८०, मंगलवार

लौका अन्य पोषक तरकारी जस्तै एक पोषक तरकारी हो । सजिलैसँग पच्ने लौकाले शरीरलाई ठण्डा राख्न सहायता गर्छ अनि रक्तचाप पनि नियन्त्रण गर्छ ।

त्यसबाहेक लौकाका अन्य फाइदा :

कपाल र छाला: लौकाले सौन्दर्य बढाउने काम पनि गर्छ । नियमित लौका खाँदा कपाल फुल्न पाउँदैन अनि अनुहारमा चाउरी पर्न पाउँदैन । लौकाको रस तालुमा दल्दा चिन्डे हुने समस्याबाट मुक्ति पाइन्छ ।

शरीरको फोहर: लौका प्राकृतिक सफाइकर्ता हो । यसले शरीरमा भएका विषाक्ततालाई हटाइदिन्छ । भित्री अंगहरूले सही काम गरेका छैनन् भने लौकाले निको बनाइदिन्छ ।

सासको रोग: लौकाको प्रकृति चिसो किसिमको ह्न्छ । यसले अल्सर, ज्वरो र श्वासप्रश्वास सम्बन्धी विकारलाई हटाइदिन्छ । बाथ र पित्तलाई यसले सन्तुलन गरिदिन्छ ।

एजेन्सी