• मंसिर १४ २०८१, शुक्रबार

वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पति छानबिन गरौं : कांग्रेस उपसभापति गुरुङ

फाल्गुन ७ २०८०, सोमबार

काठमाडौं । कांग्रेस उपसभापति समेत रहेका कानुनमन्त्री धनराज गुरूङले पार्टीको महासमिति बैठकले वडाध्यक्षदेखि मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निणर्य लिनुपर्ने बताएका छन् ।

ललितपुरको गोदावरीमा सोमबार भएको महासमिति बैठकमा बोल्दै उनले कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि संघीय मन्त्रीसम्मका सम्पत्ति छानबिन गर्ने निणर्य गर्नुपर्ने बताए ।

‘यो महासमितिले वडाध्यक्षदेखि मन्त्री भएकाहरूसम्मको सम्पत्ति छानबिन गर्ने निणर्य गर्नुपर्छ, यसका लागि हिम्मत गर्नुपर्छ,’ उनले भने । साथै गुरूङले पदाधिकारीले गरेका गल्ती महासमिति बैठकले सच्याउनुपर्ने पनि बताए । पार्टीको भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्ने उनले बताए । ‘मुसाले एकैपटक धेरै बच्चा जन्माउँछ तर हात्तीले एउटा मात्रै जन्माउँछ हात्ती नै शक्तिशाली हुन्छ,’ उनले भने ।

उनले झुपडी र महलमा बस्नेलाई जोड्ने प्रजातान्त्रिक समाजवाद भएको पनि बताए । उनले बैठकमा पेसगरिने प्रस्तावमा गहिरो गरी छलफल हुनुपर्ने र नीति बनाइनुपर्नेमा जोड दिए ।