• मंसिर १४ २०८१, शुक्रबार

शुरुमा १५/२० दिनका लागि प्रधानमन्त्री हो कि भन्ने सोचेको थिए अब कुर्सी हल्लिने डर छैन: प्रधानमन्त्री प्रचण्ड

फाल्गुन ६ २०८०, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्रीको कुर्सी हल्लिने डर नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्रीको कुर्सी हल्लिने डर नभएको बताएका हुन् ।

उनले आफूले नडराईकन विभिन्न भ्रष्टाचारका घटनाहरूको छानबिन गराएको बताए । उनले आफू प्रधानमन्त्री हुँदा नै १५/२० दिनका लागि मात्रै प्रधानमन्त्री भएको हो कि भन्ने सोचेको भन्दै सुरुदेखि नै सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सेवामा सुधार ल्याउने बारे मात्रै सोचेको बताए । उनले सुशासन आफ्नो नारा नभई संकल्प भएको बताए ।

‘माननीयज्यूले भनेजस्तो कुर्सी हल्लिने डर मलाई छैन । मलाई अहिलको प्रतिपक्षमा रहेका प्रमुख प्रतिपक्ष लगायतले प्रधानमन्त्री बनाउनुभयो । मैले १५ दिन हो कि २० दिन हो भन्ने सोचेको थिएँ । विश्वभरिको अध्ययन पनि गरेको थिएँ कतिवटा प्रधानमन्त्री १५/२० दिनमा हटेका रहेछन् भनेर । भारतमा १३ दिनमा अटल बिहारी बाजेपी हटेको देखेपछि आनन्द मानेको थिएँ मैले । त्यसकारण यो सरकार जाला कि भन्ने डर मलाई विल्कुल छैन ।’