• मंसिर १२ २०८१, बुधबार

नेदल्याण्ड्सविरुद्ध नेपाललाई पाँचौ सफलता

फाल्गुन ५ २०८०, शनिबार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले पाँचौ सफलता पाएको छ ।कुशल मल्लले आफ्नै बलमा नट स्ट्राइकर एण्डमा रहेका नोआह क्रशलाई रन आउट गरेका हुन् ।

स्कट एडवार्ड्सले हानेको बल कुशलको हातमा लागेर स्टम्प ठल्न पुगेको थियो । त्यतिखेर क्रश थोरै अघि बढेको हुँदा रन आउट भए । यसअघि ललित राजवंशीले २ तथा सोमपाल कामीले एक विकेट लिएका थिए भने नेदरल्याण्ड्सका ओपनर म्याक्स ओडाउड रन आउट भएका थिए ।