• मंसिर १४ २०८१, शुक्रबार

फिरङ्गी नेतृत्वका कारण रौतहटको विकास भएन : अध्यक्ष प्रभु साह

फाल्गुन ४ २०८०, शुक्रबार

रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले फिरङ्गी नेतृत्वका कारण रौतहटको विकास हुन नसकेको बताएका छन् । शुक्रबार गृहजिल्ला रौतहटको गौरमा आम जनता पार्टीले आयोजना गरेको कार्यक्रममा उनले हरेक आन्दोलनमा रौतहटको भूमिका नेतृत्वदायी रहेको भएपनि विकासको दृष्टिकोणले पनि निकै पछि परेको बताए ।

यसको प्रमुख कारण भनेर बाहिरको नेतृत्व नै भएको उनको भनाइ छ । ‘रौतहटले राणाकालविरुद्धको आन्दोलनमा ठुलो योगदान गर्यो । सामन्तवाद विरोधी आन्दोलन होस् या लोकतन्त्रका लागि भएका आन्दोलन तथा जनयुद्ध र मधेस आन्दोलन सबैमा योगदान गर्‍यो । तर, पनि जिल्लाको विकास भएन’, उनले भने, ‘जिल्ला मानव विकासको सूचकांकमा पछाडि छ । यसको एउटै कारण भनेको बाहिरिया नेतृत्व भनौँ या फिरङ्गी नेतृत्व हो । फिरङ्गी गी नेतृत्वको को कारण रौतहटको विकास भएन ।’

दलका नेताहरूको लुटकारी प्रवृत्तिका कारण देशका जनता हिनबोधले निराशामा फसेको उनले जिकिर गरे । उनले सफल देशको इतिहास भएको राष्ट्रका नागरिक अहिले दलहरूकै कारण निराशामा रहेको पनि जिकिर गरे । यस्तै भन्सार कानुनको लुटकारी प्रावधान हटाउनुपर्नेमा जोड दिए । त्यसकै लागि दबाब दिन पार्टीले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै साहले यो व्यवस्थाको खारेज हुनै पर्ने बताए ।