• मंसिर १४ २०८१, शुक्रबार

प्रत्यक्ष निर्वाचान प्रणालीमा जाने माओवादी केन्द्रको घोषणा

फाल्गुन ३ २०८०, बिहीबार

काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने भएको छ । राजधानीमा जारी पार्टीको विधान अधिवेशनका क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निष्कर्ष सुनाएका हुन् ।

स्थानीय तह, प्रदेश र केन्द्रीय स्तरमा निर्वाचन प्रणालीबाट कमिटी चयन गर्ने र उक्त कमिटीले पदाधिकारी चयन गर्ने प्रचण्डले निष्कर्ष सुनाएका एक नेताले जानकारी दिए । तर, प्रत्यक्ष निर्वाचन प्रणालीमा जाँदा जनवादी अभ्यास पनि भुल्न नहुने उनले बताए ।

उनले प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने भन्नेमा सबै एक ठाउँमा भएपनि पदाधिकारी नै पनि प्रत्यक्ष ढंगले सिधै चयन गर्ने भन्नेमा भने थप छलफल गर्नुपर्ने बताए । प्रत्यक्ष निर्वाचित कमिटी र प्रत्यक्ष निर्वाचित कमिटीबाट पदाधिकारी चयन गर्ने निणर्यमा हामी पुगेका छौँ’, प्रचण्डले बैठकमा भने ।