आज फाल्गुन १ गते अर्थात्, नेकपा माओवादी केन्द्रले जनयुद्ध सुरु गरेको दिन । नेपालमा जनयुद्धको शुरुवात भएको २८ वर्ष पुरा भएको छ । माओवादी केन्द्रले आज देशभर जनयुद्ध दिवस धुमधामका साथ मनाउँदै छ । २८ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो ।
माओवादीले जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणा सहित थालेको जनयुद्धका क्रममा करीव १६ हजार नेपालीको ज्यान गएको थियो । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ । २०५२ साल फागुन १ गते आजकै दिन माओवादीले हतियार उठाएर जनताको मुक्तिको शंखघोष गरेको थियो ।
यही अवसरमा माओवादीले आज देशका विभिन्न शहरहरुमा जनसभाको गर्ने भएको छ भने देशब्यापीरुपमा पार्टी कार्यालय माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन १ गते देशैभर ‘जनयुद्ध दिवस’ मनाइने बताएका छन्।
पार्टी केन्द्रीय कमिटी बैठकमा सोमबार बोल्दै उनले ‘जनयुद्ध दिवस’ मनाउने हक कसैले खोस्न नसक्ने बताए।