• मंसिर १५ २०८१, शनिबार

दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुने

फाल्गुन १ २०८०, मंगलवार

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत विभिन्न गतिविधि गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा काठमाडौँमा आज प्रदर्शन हुने भएको छ ।

प्रसाईँको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको प्रदर्शन राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।

प्रसाईले काठमाडौंमा फागुन १ गते गर्ने विरोधसभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथिका रुपमा निम्तो दिएका थिए । पूर्वराजा शाह मेडिकल व्यवसायी दुर्गा प्रसाईको कार्यक्रममा सहभागी नहुने भएका छन् । प्रसाईले कार्यक्रम गर्नुअघि नै पूर्वराजा  शाह आइतबार चितवनतिर लागेका छन् ।