काठमडौं । नेकपा (माओवादी केन्द्र)ले १८ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले १८ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यमा मोरङका लालबहादुर सुस्लिङ, खोटाङका शंकर राई, संखुवासभाका रिपुप्रसाद राई, सुनसरीका डम्बर सुवेदी, मोरङका डा.महादेव महतो र टंक गिरी, रुकुमपूर्वका रामसुर बुढा र रोल्पाका पुरन केसी मनोनीत भएका छन् ।
यस्तै, बाँकेका राजेन्द्रबीर राय, काठमाडौंका नारायण महर्जन, नुवाकोटका हिरानाथ खतिवडा, जुम्लाका मनऋषि धिताल, चितवनका खिलाबहादुर भण्डारी, रामेछापका मैनकुमार मोक्तान, अर्घाखाँचीका चन्द्रबहादुर खड्का, गोरखाका विवश चिन्तन देवकोटा, कास्कीका गंगा पोखरेल र ताप्लेजुङका विजय वनेम पनि वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।