• मंसिर ११ २०८१, मंगलवार

प्रेमिल जोडीहरुका पर्व ‘भ्यालेन्टाइन विक’,आज ‘प्रमिस डे’

माघ २८ २०८०, आईतवार

फेब्रुअरी महिनालाई प्रेमको महिना पनि मानिन्छ । प्रेमिल जोडीले ७ फेब्रुअरी देखि १४ फेब्रुअरीसम्मलाई प्रेम सप्ताह (भ्यालेन्टाइन विक) अन्तर्गत आज ‘प्रमिस डे’ हो ।

प्रेम व्यक्त गर्ने पर्वका रुपमा लिने यो साताव्यापी प्रेमको पर्व फेब्रुअरी ११ अर्थात आजको दिन प्रेममा प्रमिस अथवा बाचा निकै महत्वपूर्ण मानिन्छ । आफ्ना पार्टनरसँग विभिन्न कुरामा बाचा दिँदैछन्।प्रेममा रहेका जोडी आफ्नो जिन्दगीलाई अझ प्रगाढ बनाउन वाचा दिने गर्छन्।

यस दिन प्रेम जोडीले एक अर्कासँग नछुट्टिने प्रण गर्छन् । त्यसकारण भ्यालेन्टाइन डे को लागि यो दिन निकै महत्वपूर्ण रहन्छ ।

यो दिन आफ्नो पार्टनरलाई आफ्नो मायाप्रति धेरैभन्दा धेरै विश्वासिलो बनाउनका लागि सँगै बाच्ने सँगै मर्ने जस्ता कसमहरू खाने गरिन्छ ।

आजको दिनमा प्रेम जोडीहरू म सधैँ तिमीलाई माया गर्नेछु,  हाम्रो माया कहिल्यै मर्ने छैन, म कहिल्यै बदलिने छैन, सधैँ साथ दिनेछु, हामी एक अर्काको सल्लाह बिना काम गर्नेछैनौँ, हरेक समयमा साथ दिनेछु लगायतका वाचाहरू गर्ने गर्छन् ।

७ फेब्रुअरी रोज डे, ८ फेब्रुअरी प्रपोज डे, ९ फेब्रुअरी चकलेट डे, १० फेब्रुअरी टेडी डे, ११ फेब्रुअरी प्रोमिस डे, १२ फेब्रुअरी हग डे, १३ फेब्रुअरी किस डे, हुँदै अन्तिम दिन फेब्रुअरी १४ मा प्रेम दिवस मनाइन्छ।