विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्थानीय तहमा भएको अधिकार जति पनि प्रदेश सरकारलाई नरहेको बताएका छन् ।
शनिबार जनता समाजवादी पार्टी सप्तरीले बोदेबरसाइनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले स्थानीय तहमा भएको अधिकार जति पनि प्रदेश सरकारलाई नरहेको गुनासो गरेका हुन् ।
प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा प्रधानमन्त्रीले छलफल नै नगरी केही विषय निणर्यका लागि राख्दा आफूहरूले अस्वीकार गरेको उनले बताए । संघीयताको पूर्ण कार्यान्वयन र प्रदेश सरकारलाई अधिकार दिने विषय पटक-पटक संघीय सरकारलाई ध्यानाकर्षण गराए पनि ध्यान नदिएको मुख्यमन्त्री यादवको आरोप थियो ।
सो कार्यक्रममा मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धप्रसादसिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरे ।