मस्को । रूससँगको नयाँ कैदी आदानप्रदान प्रक्रिया अन्तर्गत १०० जना युक्रेनी सुरक्षाकर्मी घर फर्केकाछन् । युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले बिहीबार यस्तो जनाएको हो ।
स्वदेश फिर्ता गरिएकामध्ये ८० भन्दा बढी मारिउपुल सहर र अजोभस्टल स्टिल प्लान्ट संरक्षणका लागि लडेका सैनिकहरू रहेका छन् ।
यसबाहेक, डोनेट्स्क र लुहान्स्कमा लडाइँमा भाग लिने सिपाहीहरूलाई पनि बन्दी आदानप्रदान अन्तर्गत रिहा गरिएको छ ।
मुक्त भएकामध्ये कम्तीमा २८ जना गम्भीर घाइतेहरु र गम्भीर रोगबाट पीडित रहेका छन् । युक्रेन र रूसबीच सन् २०२२ मार्चपछि ५१ पटक बन्दी आदानप्रदान भएको र यसअन्तर्गत रूस-युक्रेन द्वन्द्वमा बन्दी बनाइएका कुल तीन हजार १३५ युक्रेनीमध्ये धेरैलाई रिहा गरिएको छ ।