सामाजिक सञ्जाल फेसबुकका फाउन्डर मार्क जुकरवर्ग विश्वका धनी व्यक्तिहरूको सूचीमा चौथो नम्बरमा परेपछि उनको आर्थिक उन्नतिको शिखर चढ्ने प्रक्रिया तिब्रतामा देखिन्छ । यस अघि कहिले सातौं त कहिले आठौं स्थानमा वरपर परिरहेका उनी अहिले ह्वात्तै चौथो नम्बरमा आइपुगेका छन् ।
फेसबुकमा शेयर मूल्यमा भएको वृद्धिपछि उनी चौथो नम्बरमा उदाएका हुन् । उनको कूल सम्पत्ति १७० अर्ब डलर पुगेको छ । आफ्नो साबिकको सम्पत्तिमा उनी एकैझट्कामा २८.१ अर्ब डलर थप्न सफल भएका छन् । त्यसपछि उनी विश्वको चौथो धनी बन्न पुगेका हुन् ।
उनी चौथो नम्बरमा आउँदा बिल गेट्सजस्तो लामो समयसम्म विश्वको धनी बनिरहेका व्यक्तिलाई पछाडि पारेपछि चर्चाको शिखरमा पुगेका हुन् । हाल बिल गेट्सको कूल सम्पत्ति १४५ अर्ब डलर छ । उनी हाल पाँचौ स्थानमा धकेलिएका हुन्छन् ।
मार्क जुकरवर्ग हाल ३९ वर्ष पुगेका छन् । सानै उमेर र छोटै समयमा जुकरवर्गले यो फलता हासिल गर्न पुगेका हुन् । सन् २००४ मा फेसबुकको स्थापना गरेका उनी उमेरका हिसाबले २३ वर्षमै बिलिनियर बनेका हुन् । विद्यार्थी कालमा सामान्य शुल्क तिर्न नसक्दा उनले अध्ययन गरिरहेको विद्यालयबाट हात धुनु परेको थियो ।
यो उनको जीवनमा एक झट्कामूलक कार्य थियो । विद्यालयको अध्ययन छोडेर उनी यसपछि जागीरको दौडधूपमा लागे । निकै मानिसको धोखा र छलकपटको सिकार भए । यत्तिकै बेला उनले सामाजिक सञ्जालको विकास गरे । यसले उनको जीवनमा भाग्य र भविष्यको फैसला गरिदियो ।
उनी अहिले विश्वका प्रथम धनी बन्ने दौडमा छन् । भनिन्छ मानिसका सुखका दिन पनि धेरै टिक्दैनन् र दुःखका दिन पनि धेरै रहँदैनन् । सुखदुःखको तलमाथि घुमिरहने चर्खामा मानिस जुकरवर्गजस्तै तलमाथि परिरहन्छ । विद्यालय शिक्षा पाउनबाट पनि बञ्चित भएका उनी अहिले अकल्पनीय आर्थिक सफलताको सिँढी चढिरहेका छन् ।
त्यसैले जो कोही पनि आत्तिने र मात्तिने गर्नु हुँदैन ।