• मंसिर १५ २०८१, शनिबार

सम्पति शुद्धिकरण सम्बन्धि विधेयक संसदबाट पारित

माघ २४ २०८०, बुधबार

काठमाडौं । सम्पति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधिसभाबाट पारित भएको छ ।

आजको प्रतिनिधिसभाको बैठकले विधेयक पारित गरेको हो । यो विधेयक संसदको पहिलो अधिवेशनमा पेस भएको थियो । विधेयकमाथि प्रतिनिधिसभाको कानुन समितिमा दफाबार छलफल भएको थियो ।

समितिले गएको असोज २४ गते ९ बुँदे प्रतिवेदनसहित पारित गरेको थियो । असोज २५ गते प्रतिवेदसहित प्रतिनिधिसभामा पेस गरेको थियो । आजको बैठकले विधेयक पास गर्दै समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाएको छ ।