• आश्विन १३ २०८१, आईतवार

कब्जियत हुनेहरुले खानै नहुने यी खानेकुरा

माघ २४ २०८०, बुधबार
नियमित रूपले दिसा गर्न नसकी बल प्रयोग गर्नुपर्ने अवस्था आउनु वा दैनिक एकपटक पनि दिसा गर्न नसकेको अवस्थालाई कब्जियत भनिन्छ। कब्जियत हुँदा पेट सफा हुने गरी दिसा हुँदैन । कब्जियत हुनेले आफ्नो खानपानमा निकै ध्यान दिनुपर्ने हुन्छ ।

कफी बढी पिउनाले शरीरमा पानीको मात्रा कम हुन जान्छ । शरीरमा पानी कम भयो भने कब्जियत बढ्छ ।   चिनी केक, मिठाई, कुकिजजस्ता चिनी बढी हुने खानाले कब्जियत बढाउने गर्छन् । यस्ता खानामा फाइबर अत्यन्तै कम हुन्छ । यसले पाचन क्रियालाई बिगार्छ र कब्जियत बढाउँछ ।   मैदा मैदाबाट बनेको चाउचाउ, चाउमिन, पाउरोटी, पिज्जा, बर्गर आदि कब्जियत भएकाहरूले नखानु नै जाती हुन्छ ।

कब्जियत भएको मानिसले बढी मात्रामा दुध पिएमा पाचन प्रक्रिया कमजोर बन्न पुग्छ । साथै, दूधमा पाइने ल्याक्टोजले पेटमा ग्यास उत्पन्न गराउँछ ।

दूधमा जस्तै चिजमा पनि फ्याट र ल्याक्टोजको मात्रा बढी हुन्छ । यसले पेटमा ग्यास फर्मेसन हुनुका साथै कब्जियत बढ्छ । कब्जियतको समस्या भएकाले चिज नखाँदा राम्रो ।

रातो मासुमा एउटा भिन्न प्रकारको प्रोटिन फाइबर पाइन्छ, जसलाई पचाउन पेटले धेरै समय र ऊर्जा खर्चिनुपर्छ । यसले कब्जियत बढाउँछ ।

तारेको खानामा फ्याट बढी पाइने भएकाले पच्न अप्ठेरो हुन्छ । फ्रेन्च फ्राई, चिकन फ्राई, आलु चप, ब्रेड चपलगायत तारेको खानामा फाइबर कम हुन्छ । कब्जियत भएकाहरूले यस्ता खाना भरिसक्के खानु हुँदैन ।