• आश्विन १३ २०८१, आईतवार

कपडाको रंग उडेर नराम्रो भएको छ ? यी कुरामा ध्यान दिनुहोस्

माघ २४ २०८०, बुधबार

रंगले हाम्रो भावनालाई दर्शाउँछ। कुनै रंग देख्दा हामीलाई रिस उठ्छ त कुनै रंग देख्दा मन मा शान्ति मिल्छ । त्यस्तै कुनै रंगले मानिसलाई उत्तेजित गर्छ।
हामी सबैलाई चम्किलो रंगको कपडा बढी नै मन पर्छ ।

कुनै कपडाको रंग अति नै कडा हुने र धुँदा रंग उडेर जाने हुन्छ । यसले हाम्रो कपडालाई बिगार्ने गर्दछ । यद्यपि कुनै समय कपडाको रंग उडेर तथा पखालिएर विस्तारै फिक्का हुन थाल्यो भने त्यस्तो कपडाप्रति खासै ध्यान जाँदैन । तपाईं आफ्नो कपडाको रंग सधैँ चम्किलो राख्न चाहनु हुन्छ भने केही उपायलाई अवलम्बन गर्न नभुल्नु होला ।

तपाईं कपडा धोएर बाहिर निकाल्नु हुन्छ । यसलाई केवल चिसो पानी वा त्यसैअनुप रंगहरुकै साथ धुनुपर्छ ।कपडा सुकाउँदा उल्लेख गरिएको निर्देशनको पालना गर्नुहोस् ।

सबैभन्दा पहिला कपडा धुनका लागि सधै माइल्ड डिटरजेन्ट नै प्रयोग गरौ । यसले कपडा लामो समयसम्म चमकदार बनाइराख्छ ।

सेतो कपडालाई कहिलेपनि रंगिन कपडासँग धुनुहुँदैन ।

रंगीन कपडालाई १-२ घण्टाभन्दा बढी डिटरजेन्टमा भिजाउनु हुन्न । कटनको केहि कपडाको रंग पखालिन्छ । यस्तो कपडा अरुसँग मिसाएर धुनु हुँदैन ।

घाममा सुकाउँदा कपडालाई उल्टो बनाएर भित्री भाग बाहिर बनाउनुहोस् । घामको किरणले कपडाको रंकलाई फिक्का गर्दिन्छ ।-एजेन्सी