काठमाडौं । बेलायतका राजा चार्ल्सलाई एक क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ । प्रोस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ ।
क्यान्सरको प्रकार खुलाइएको छैन तर पनि दरबारले प्रकाशित गरेको वक्तव्यका अनुसार राजाले सोमबारबाट नियमित उपचार थालेका छन् ।
पचहत्तर वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन् । उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्व निर्वाह गर्ने छन् । सार्वजनिक कार्यक्रमहरूमा सहभागी नभए पनि राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक उत्तरदायित्व भने निर्वाह गरिरहने छन् ।
आइतबार उनलाई स्यान्ड्रिङ्गममा एउटा गिर्जाघरको प्रार्थानासभामा देखिएको थियो । त्यहाँ उनले मानिसहरूतिर हेरेर हात हल्लाएका थिए ।
उनले लन्डनस्थित एउटा निजी अस्पतालमा एक साताभन्दा केही समयअघि प्रस्टेटको उपचार गराएका थिए । राजाले आफ्नो प्रोस्टेट उपचारलाई सार्वजनिक गर्नुको कारण अरू मानिसहरूलाई पनि प्रोस्टेट जाँच गराउन प्रेरित गर्ने उद्देश्यले भएको बताइएको छ । राजा चार्ल्स सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन् ।
उनको उपचारको क्रममा रानी कमिला एवं राजकुमार विलियमले उनका दायित्वहरू निर्वाह गर्ने छन् । तर ७५ वर्षका राजाले राष्ट्रप्रमुखको आफ्नो संवैधानिक दायित्वलाई निरन्तरता दिने छन् ।
आइतवार उनलाई स्यान्ड्रिङ्गमस्थित एउटा गिर्जाघरको प्रार्थनासभामा देखिएको थियो । त्यहाँ उनले भिडतिर हात हल्लाएका थिए ।
एक साताभन्दा केही समयअघि लन्डनस्थित एउटा निजी अस्पतालमा प्रस्टेटको उपचार गराएका राजा चार्ल्स अहिले स्वास्थ्यलाभ गरिरहेका थिए ।