• मंसिर १३ २०८१, बिहीबार

६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब रेमिट्यान्स

माघ २३ २०८०, मंगलवार

काठमाडौं । राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको आर्थिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को छ महिनामा सात खर्ब ३३ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

गत वर्षको यही अवधिमा पाँच खर्ब ८५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएकोमा चालु आवमा यो दर २५.३ प्रतिशतले वृद्धि भएको हो । यो छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा उच्च दरमा कमी आएको छ ।

छ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या १८ प्रतिशतले घटेको छ । गत वर्षको छ महिनामा नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४ लाख १८ हजार थियो । चालु आर्थिक वर्षको यो अवधिमा भने मात्रै ३ लाख ४३ हजारले यस्तो स्वीकृति लिएका छन् ।

गत आर्थिक वर्षभरीमा वैदेशिक रोजगारी र अध्ययनमा जानेको संख्या १० लाख हाराहारी थियो। गत वर्ष गएकाहरूले रेमिटेन्स पठाउन थालेपछि पुनः यो वर्ष रेमिटेन्स भित्रिने दर बढेको हो ।