• चैत्र १८ २०८१, मंगलवार

बिल गेट्सलाई पछि पार्दै फेसबुकका फाउन्डर जुकरवर्ग बने विश्वको चौथो धनी

माघ २२ २०८०, सोमबार

सामाजिक सञ्जाल फेसबुकका फाउन्डर मार्क जुकरवर्ग विश्वकै धनीको सूचीमा चौथो स्थानमा पुगेका छन् । सन् २०२४ मा सबैभन्दा धेरै कमाउने बिलिनियर बनेका उनले यो वर्ष ४२.४ अर्ब डलर कमाएका छन् ।

फेसबुक इंकको शेयर मूल्यमा भएको वृद्धिपछि उनको सम्पत्ति (नेट वर्थ) १७० अर्ब डलर पुगेको छ । उनले एकै झट्कामा २८.१ अर्ब डलर कमाएका थिए । त्यसपछि उनी विश्वको चौथो धनी बनेका हुन् ।


Advertisement

उनले माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछाडि पारेका छन् । बिल गेट्सको सम्पत्ति (नेट वर्थ) १४५ अर्ब डलर छ । उनी पाँचौ स्थानमा पुगेका छन् ।

३९ वर्षीय मार्क जुकरवर्गले २००४ मा फेसबुकको स्थापना गरेका थिए । त्यसपछि उनी २३ वर्षकै उमेरमा बिलिनियर बनेका थिए । हाल टेस्लाका संस्थापक इलन मस्क २०५८ अर्ब डलरका साथ विश्वकै एक नम्बर धनी छन् ।