काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ ।आजदेखि सुरु हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बस्न लागेको हो ।
बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजे बस्ने छ ।
सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र विधेयकलगायत पार्टीको पोजिसनका विषयमा छलफल हुने जनाइएको छ ।