रामेछाप । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी महिला सङ्गठन रामेछापको प्रथम जिल्ला एकता भेला सम्पन्न भएको छ ।
भेलाले सीता गौतमलाई संयोजकमा चयन गरेको छ भने उक्त भेलाले सीता गौतमको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समितिसमेत गठन गरेको छ ।
सङ्गठनकी केन्द्रीय सह-संयोजक शारदा महतको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा जिल्ला पार्टी इन्चार्ज तथा केन्द्रीय आयोजक समिति सदस्य लाङघाली मगर, जिल्ला संयोजक तथा केन्द्रीय समिति सदस्य कृष्ण सेवा, ३ नम्बर प्रदेश कार्यालय सह-सचिव झनक श्रेष्ठलगायत सहिद परिवारको समेत उपस्थिति रहेको थियो ।