• मंसिर १२ २०८१, बुधबार

ला–लिगामा बार्सिलोनाको जित

माघ २१ २०८०, आईतवार

काठमाडौं । स्पेनिस ला–लिगामा बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले अलाभेसलाई ३–१ गोल अन्तरले हराउँदै जित निकाल्यो ।

बार्सिलोनाको जितमा रोबर्टो लेवान्डोस्की, गुन्डोगान र भिटर रोकले १–१ गोल गरे । अलाभेसका लागि ओमोरिडोओनले १ गोल गरे ।

खेलको २२ औं मिनेटमा गुन्डोगानको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । डिसेम्बर १० पछि ला–लिगामा यो नै लेवान्डोस्कीको पहिलो गोल हो ।

दोस्रो हाफको ४९ औं मिनेटमा पेड्रीको पासमा गुन्डोगानले अर्को गोल गर्दै बार्सिलोनाका अग्रता दोब्बर बनाएका थिए । तर लगत्तै ५१ औं मिनेटमा ओमोरिडोओनले गोल गरेपछि खेल २–१ को स्थितिमा आएको थियो ।

६३ औं मिनेटमा भिटर रोकले गोल गरेपछि बार्सिलोनाले ३–१ को नतिजा निकाल्यो । रोक ७२ औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।