काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गर्दै उनले अरु क्षेत्रको बजेट कम गरेर भए पनि आगामी आर्थिक वर्षमा खेल क्षेत्रमा उल्लेख्य बजेट थप्ने बताए ।
उनले सबैभन्दा धेरै बजेट क्रिकेटमा खर्च गरिने उल्लेख गरे । उनले क्रिकेटलाई थप प्रोत्साहन गर्न सरकारले राष्ट्रिय गौरवको मान्यता दिएर क्रिकेट स्टेडियमहरु बनाइरहेको दाबी गरे । उनले क्रिकेट अन्तर्राष्ट्रिय रुपमा नेपाललाई चिनाउने महत्वपूर्ण विधा भएको बताए ।