• मंसिर १२ २०८१, बुधबार

आईसीसी यू–१९ विश्वकप: नेपालले गुमायो दोस्रो विकेट, आकाश तीन रन थपेर आउट

माघ १७ २०८०, बुधबार

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले आकाश त्रिपाठीलाई दोस्रो विकेटको रूपमा गुमाएको छ ।

बुधबार दक्षिण अफ्रिकाको मनगंगमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले ७.५ ओभरमा आकाशलाई व्यक्तिगत तीन रनमा गुमाएको हो । हाल नेपालबाट क्रिजमा अर्जुन कुमाल र कप्तान देव खनाल क्रमशः १४ र शून्य रनमा खेलिरहेका छन् ।

जारी खेलको आठ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर २८ रन बनाएको छ ।