• मंसिर १३ २०८१, बिहीबार

कृषिप्रधान देश नेपालले ६ महिनामा १० अर्ब बढीको चामल आयात गर्यो

माघ १७ २०८०, बुधबार

काठमाडौं । कृषिप्रधान देशका रुपमा परिचित नेपालले पछिल्लो ६ महिनामा अर्बौको चामल आयत गरेको छ । कुनै बेला चामलमा आत्मनिर्भर भइ बिदेशमा समेत निर्यात गर्ने नेपालले पछिल्लो समय वर्षेनी चामल आयात गर्ने गरेको छ ।

गत आर्थिक बर्ष २०७९/८० भर नेपालले विभिन्न देशबाट ३६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ८० करोड किलो धान, चामल र कनिका आयात गरेको छ ।

यस्तै चालु आवको पछिल्लो ६ महिनामा नेपालले १० अर्ब १४ करोड रुपैयाँ बराबरको १८ करोड ७७ लाख किलो धान, चामल र कनिका आयात गरेको छ ।