कडा स्वरमा चिच्याएर बोल्दा स्वरयन्त्रमा विभिन्न किसिमका संक्रमण जस्तै, भाइरल इन्फेक्सन, फंगल इन्फेक्सन, ‘भोकल नोडल’, स्वरयन्त्रमा मासु पलाउने, घाँटीको क्षयरोग, कसैकसैमा प्यारालाइसिस भएर एउटा भोकल कर्ड नै नचल्नेजस्ता समस्या देखा पर्न सक्छ ।
चर्को आवाजमा बोल्ने र लामो समयसम्म बोल्ने व्यक्तिमा भोकल कर्डमा समस्या आउन सक्छ । चर्को र लगातार बोल्ने व्यक्तिको भोकल कर्डमा जोड पर्छ र एकअर्कामा घर्षण बढी भएर मासु पलाउने, पानीको फोका आउने लगायतको समस्या देखा पर्छ ।