• आश्विन १३ २०८१, आईतवार

तोरीको तेलका फाइदै फाइदा

माघ १७ २०८०, बुधबार

हजारौं वर्षदेखि लोकप्रिय रहँदै आएको तोरीको तेल भारत तथा नेपालमा खाना पकाउन प्रयोग हुँदै आएको छ ।

सबैभन्दा पहिले यो ३ हजार बीसीमा भारतमा खेति गरिएको अनुमान गरिएको छ । दार्शनिक हिप्पोक्रेटसले तोरीका दानालाई केही निश्चित खालका औषधि बनाउन प्रयोग गर्थे । रोमनहरुले यसलाई रक्सी बनाउन प्रयोग गर्थे भने ग्रिकका प्रख्यात गणितज्ञ पाइथागोरसले बिच्छीले टोकेको उपचारमा प्रयोग गर्थे ।

तरकारीको महत्वपूूर्ण स्रोत भएकाले यसमा अल्फा लिनोलेनिक एसिड तथा ओमेगा फ्याटी एसिड हुन्छन् ।

तोरीको तेलमा फाइदा:
मष्तिष्कको कार्यक्षमता बढाउँछ
दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ
छाला स्वस्थ बनाउन मद्दत गर्छ
शरीरका काला धब्बा हटाउँछ
प्राकृतिक सनस्क्रीनको काम गर्छ
छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ
कपाल झर्नबाट  जोगाउँछ, सुख्खा हुुन दिँदैंन
कपाल चाँडै फुल्न दिँदैंन
तोरीको तेल चायाँ पर्न दिँदैंन