☰
- गर्मी समयमा तातोपनाका कारण नाकमा रहेका रक्तनलीहरू फुल्छन् । कतिपय साना नलीहरू आफैँ फुट्न जान्छन् र त्यहाँबाट रगत आउँछ ।
- कुनै पनि चिजले नाकमा ठोक्किएर चोटपटक लाग्यो भने पनि नाकबाट रगत आउँछ । रुघाखोकीलगायत अन्य रोगको संक्रमण भई घाउ हुँदा पनि रगत आउन सक्छ ।
- नाकमा ट्युमर (मासु पलाउने) भएमा पनि नाकबाट रगत आउँछ ।
- रगतमा हुनुपर्ने प्लेटलेटको कमी हुँदा, रगत जम्न नदिने औषधि सेवन गरिरहेको अवस्थामा पनि नाकबाट रगत बहन सक्छ ।
- त्यस्तै, रक्तजन्य रोगहरू हुँदा होमोफेलिया भएको व्यक्ति, कलेजोको रोग भएका व्यक्तिको पनि नाकबाट बारम्बार रगत आउने हुन्छ ।
- मिर्गौलामा समस्या भएकाहरूमा पनि नाकबाट रगत जाने समस्या हुन्छ ।