• बैशाख १० २०८२, बुधबार

नेपालबाट धेरै निर्यात् भएका १० बस्तु के-के हुन् ?

माघ ११ २०८०, बिहीबार

काठमाडौं । देशमाभित्र पर्याप्त उत्पादन नहुँदा धेरैजसो सेवा तथा वस्तु आयात गर्नुपर्ने बाध्यता छ । निर्यातको तुलनामा आयात बढी हुँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ । तर, चालु आर्थिक वर्षको ६ महिनामा केही वस्तुको निर्यात पनि भएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा नेपालबाट ६० अर्ब ७९ करोडबराबरका विभिन्न वस्तु निर्यात भएका छन् ।

यो अवधिमा नेपालमा उत्पादन हुने करिब ३ अर्ब ९१ करोड रुपैयाँबराबरको २३ लाख ७४ हजार १ सय १० केजी अलैँची निर्यात भएको छ । प्रशोधित पाम तेल २ अर्ब ९० करोड रुपैयाँ, ७ अर्ब २५ करोडबराबरको चिया/कफी तथा १ अर्ब ७६ करोड रुपैयाँको सिमेन्ट र क्लिंकर निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष नेपालले सबैभन्दा धेरै निर्यात गरेका १० वस्तुः

कार्पेटः गत वर्ष नेपालले ११ अर्ब ५० करोड रुपैयाँ बराबरको निर्यात ।
रिफाइन्ड गरिएको पाम तेलः १० अर्ब ७१ करोड रुपैयाँको ।
सोयाबिन तेलः ८ अर्ब ४७ करोडको ।
अलैँचीः ८ अर्ब २७ करोडको ।
पाम तेलः ६ अर्ब ५६ करोडको ।
फेल्टः उनीको गलैँचा र फेल्ट ४ अर्ब ८५ करोडबराबरको ।
जुसः फलफूलको जुस ४ अर्ब ७६ करोड रुपैयाँको ।
ऊनी धागोः ४ अर्ब ३५ करोडको उनी धागो ।
जस्ताको पाता र रोल्ड आइरनः ४ अर्ब २ करोड रुपैयाँबराबरको ।
पोलिस्टर धागोः ३ अर्ब ८७ करोड मूल्यबराबरको ।