• मंसिर १५ २०८१, शनिबार

बालेन शाह राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न गएनन्

माघ ११ २०८०, बिहीबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन् । बागमती प्रदेशका लागि प्रदेशको राजधानी हेटौँडामा मतदान केन्द्र तोकिए पनि बालेन हेटौँडा गएनन् ।

राष्ट्रिय सभाका १९ जना सदस्य निर्वाचित गर्न बिहीबार बिहानदेखि मतदान जारी छ। मतदान गर्न काठमाडौंकी उपमेयर सुनिता डंगोल भने हेटौँडा पुगेकी छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पालिकाका प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका सदस्यहरु मतदाता हुन्छन् ।